वैशाख महिनाभर लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १४ बैशाख । सरकारले काठमाडौं उपत्यकामा वैशाख महिनाभर लकडाउन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले जानकारी दिए । कोभिड–१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने ती मन्त्रीको भनाई छ ।

बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषदले सीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति