सूचना विभागको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने

काठमाडौं १३ वैशाख । उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएपछि स्थानीय प्रशासनले सञ्चारकर्मीलाई सूचना विभागको आधारमा आवतजावत गर्न पाइने बताएको छ ।

स्थानीय प्रशासनको आदेश अनुसार सञ्चारकर्मी तथा पत्रकारले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।

उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले आदेश जारी गरेको हो।
स्थानीय प्रशासनले वैंक तथा वित्ति संस्था लगायतलाई उनीहरुले जारी गरेको परिचय पत्रका आधारमा आवतजावत गर्न दिने तर संचारकर्मीलाई भने सम्वन्धित संचारगृहको परिचय पत्रलाई नमान्ने कुराको मिडिया संसस्नाहरुले विरोध जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति