आईपीएल : हैदराबादसँगको खेलमा दिल्ली सुपर ओभरमा विजयी

काठमाडौं, १३ बैशाख ।  इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

गएराति चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै दिल्ली चौथो पटक विजयी भएको हो ।

जितसँगै दिल्ली खेल तालिकाको दोस्रो स्थानमा पुगेको छ । दिल्लीले ५ खेलमा ८ अङ्क जोडेको छ । दिल्लीले दिएको १६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन मात्रै बनाउन सक्यो । त्यसपछि खेलको छिनोफानो सुपर ओभरमा गरिएको हो ।

सुपर ओभरमा हैदराबादले ७ रन बनाएको थियो । जवाफमा दिल्लीले ८ रन जोड्दै विजयी भएको हो । सुपर ओभरमा जानुअघि हैदराबादका केन विलियम्सनले ६६ रनको अर्धशतकीय योगदान गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति