सोमबारदेखि सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं, १२ बैशाख कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विश्वविद्यालय, क्याम्पस र विद्यालयका सबै किसिमका परीक्षा स्थगित गर्न सरकारसमक्ष सिफारिस गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेकोले वैशाख १३ गते सोमबारदेखि नै सबै प्रकारका परीक्षा स्थगित गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।हाल चालु रहेका र तय भएका परीक्षा स्थगित गर्ने निर्णय कार्यान्वयनका लागि सरकारले आवश्यक निर्देशन दिने एक मन्त्रीले जानकारी दिए ।

सीसीएमसीको आइतबारको बैठकले कोरोनाको संक्रमण दिनानूदिन बढ्दै गएको र परीक्षका कारण त्यसमा बढोत्तरी हुने भएकाले परीक्षा स्थगित गर्ने निर्णय लिएको ती मन्त्रीको भनाइ थियो । सीसीएमसीको निर्णयअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक निर्देशन दिने पनि ती मन्त्रीको भनाइ थियो । चालु र भोलिदेखि नै तय भएका परिक्षा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।

रिपोर्टिङअनुसार भयावह स्थिति आउन लागेकाले यस्तो निर्णय लिनुपरेको हो । दुई–चार दिनभित्रै संक्रमितको संख्या तीव्र बढ्न लागेकाले यस्तो निर्णय लिइएको हो, उनले भने, मन्त्रिपरिषद्ले सोमबार सिफारिस पारित गर्ने भएपनि कार्यान्वयन भने आजैबाट गर्ने भन्ने निर्णय भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति