पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा

काठमाडौं, १२ बैशाख । काठमाडौं । सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा दूई र शहरमा पाँच सय जना संक्रमित नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको कोभिड९१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । बैठकमा सहभागी धेरैले लकडाउन गर्न नहुने धारण ब्यक्त गरेको थिए तर कतिपयले भने लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए । त्यसपछि सीसीएमसीले पहाडी जिल्लामा २०० र शहरमा ५०० सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्ने गरी संख्या तोकेको स्रोत जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति