निश्कर्षविहीन एमाले केन्द्रीय कमिटि बैठक, कारबाहीको सूची तयार पार्ने जिम्मा स्थायी कमिटिलाई

काठमाडौं १२ बैशाख । नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने अध्ययन गरी फ्लोर क्रस गर्नेहरुको सम्वाति सूची तयार पार्ने भएको छ ।

प्रतिपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याउने र त्यसलाई मावव पक्षका सांसदले समर्थन गर्न सक्ने भन्दै उनीहरुलाई पहिले नै कारवाही अघि बढाउने भन्ने विषयमा बसेका एमाले केन्द्री महाधिवेशन आयोजक समतिको बैठकले कारबाही बारे कुनै निर्णण नगरेको प्रवक्ता प्रदीप ज्ञावलीले बताए ।
सज्ञावलीले भने सम्भावित फ्लोर क्रस गर्न सक्नेहरुको सूची र प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ ।

स्पष्टीकरण बुझाएका सांसदहरूबारे स्थायी कमिटीले आवश्यक प्रस्ताव तयार गरिरहेको प्रवक्ता ज्ञावलीले बताए । यस अघि नै माधव नेपाली पक्षीय २७ जना सांससदलाई कारबाही गर्नेगरी स्पष्टीकरण सोधिससिकएको छ ।

‘सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने देखि कर्णालीमा जस्तै परिस्थिति दोहोरिन सक्ने सम्भावनाबारे हामी गम्भीर छौं । त्यस्तो परिस्थिति आउन नदिन आवश्यक सबै कदम चाल्नेछौं’, ज्ञवालीले पत्रकारहरूसँग भने ।
आजको बैठके कारोना महामारीका विरुद्धको सचेतना अभियानमा जुट्न समेत पार्टी पंक्तिालाई परिचालन गर्ने निर्णय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति