साङ्घाईको एक कारखानामा आगलागीमा आठको मृत्यु

साङ्घाई, १० वैशाख: साङ्घाईमा एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् । विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार शुक्रबार बिहान ६:२० बजे आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ । यस आगलागीमा परेर ज्यान गुमाएका आठ व्यक्तिको शव भेटिएको बताइएको छ । वरपरको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ । आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति