काठमाडौं १० वैशाख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले एमाले पार्टी खोस्ने ढंगले आएको हुन ससक्ने गम्भीर आशंका गरेका छन् । बालुवाटारमा भएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालहरू पार्टी एकताबद्ध बनाउनभन्दा पार्टी नै अर्कै बनाउन गतिविधि गरेको आरोप लगाए ।
‘मेरो माधव नेपाल, योगेश भट्टराई लगायत नेताहरुसँग भेटघाट भयो । तर, साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसूस र अनुभूति देखिदैन उनले भने। तर आफू पार्टी एकताबद्ध बनाउन दिनरात लागेको दावी गरे । ‘ पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको महत्वाकांक्षाकै कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको ओलीले केन्द्रीय सदस्यहरुलाई निश्कर्ष सुनाए ।
एमाले पार्टी विभाजित भइनसकेतापनि आपसी सम्बन्ध शत्रुतापूर्ण बनिसकेको ओलीले बताए । ओलीले भने उनीहरुले पहिले नै आफूलाई साधरण सदस्यबाट समेत निष्काशन गरेर सम्बन्धलाई शत्रुतापूर्ण बनाएका थिए । त्यस्ता व्यक्तिहरु नेतृत्वमा हामी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो, तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन ।
‘
COMMENTS