एमालेको नयां स्थायी कमिटि, माधव पक्ष बाहिरै, माओवादीका थापा, रायमाझी र भट्ट समेटिए

काठमाडौं १० बैशाख । नेकपा एमालेकौं दशौं महाधिवेशन आयोजक कमिटिको बैठकले नयां स्थायी कमिटी गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उनी पक्षीय नेताहरु मात्र रहेको १८स्थायी कमिटी गठन गरेको छ ।

स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओली, नेता वामदेव गौतम, महासचिव ईश्वर पोखरेल ,रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कंडेल रहेका छन् । अन्य सदस्य पछि थप गर्ने बताइएको छ ।
स्थायी कमिटिमा परेका मध्ये थापा, रायमाझी, र भट्ट माओवादीबाट एमाले प्रवेश गरेका हुन् भने गौतम एमालेका पूर्व उपाध्यक्ष हुन् ।

स्थायी कमिटीमा माधव नेपाल पक्षका कुनै पनि नेतालाई राखिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति