प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल

काठमाडौं । मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका दूत टोर वेन्स्ल्याण्डले प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन् ।

उनले भने– संयुक्त राष्ट्रसंघले यो अपिल गर्दछ कि प्यालेस्टाइनमा समावेशी रुपमा हुने निर्वाचनले आगामी दिनमा यहाँको प्रजातान्त्रिक सरकारको पुनस्र्थापना गर्नेछ, त्यसैले सबैले सहयोग गर्नु आवश्यक छ । यहाँ १५ वर्षपछि निर्वाचन हुन लागेको र जुन निर्वाचन एक महत्वपूर्ण र प्रजातन्त्रका लागि ऐतिहासिक निर्वाचन हुनेछ उनले भने । यहाँ मे २२ का लागि आम निर्वाचनको घोषणा गरिएको छ । सो निर्वाचनका लागि तयारी भइरहेको बताइएको छ ।

यो आमनिर्वाचनले वेष्ट ब्यांक र गाजालाई पनि एकताबद्ध गर्ने काममा सघाउने तथा यस कार्यका लागि बाटो खोल्ने अपेक्षा गरिएको पनि विश्वास लिइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board