संक्रमण पुष्टि भएका तीन भारतीय नागरिक एम्बुलेन्सबाटै हामफालेर फरार

काठमाडौं । कैलालीको त्रिनगर भन्सार नाकाबाट नेपाल प्रवेश गरेका ९ जना भारतीय नागरिकमाथि शंका लागि एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ । हेल्थ डेस्कका ईन्चार्ज दिनेश ठकुल्लाका अनुसार उनीहरु कैलालीको गोदावरी नगरपालिकामा काम गर्न भन्दै त्रिनगर भन्सार नाकाबाट प्रवेश गरेका थिए ।

पोजेटिभ रिपोर्ट देखिएका ३ जना भारतको पलिया र लख्खीमपुरबाट आएका हुन् । सोही क्रममा उनीहरुलाई धनगढी उपमहानगरपालिका–१५ मा रहेको आईसोलेसनमा लैजान खोज्दा एम्बुलेन्सबाटै हामफालेर कनरी जंगल हुँदै भागेको ठकुल्लाले बताए । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि काम गर्ने बहानामा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ । सीमा नाकामा कडाइ नहुँदा भारतीयहरु धमाधम नेपाल प्रवेश गरिरहेका हुन् ।

त्रिनगर भन्सार नाकाबाट बुधबार र बिहीबार मात्र एक हजार ४६५ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये ७८५ जनाको एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना पोजेटिभ देखिएको ठकुल्लाले बताए । उनका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन पुलको वारीतर्फ नै एम्बुलेन्स रोकेको समयमा ती संक्रमित भागेका हुन् । उनका अनुसार संक्रमित हुनेमा १० जना महिला र १०९ जना पुरुष छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board