विश्वभर कोरोना संक्रमितको संख्या १४ करोड ५३ लाख नाघ्यो : २४ घण्टामा १३ हजार ३८८ जनाको मृत्यु

काठमाडौं, १० बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ करोड ५३ लाख १६ हजार ६६१ पुगेको छ ।कोभिड सम्वन्धि तथ्याँक उपलब्ध गराउदै आएको वल्र्डोमिटर्सका अनुसार गत २४ घण्टामा पनि ८ लाख ८४ हजार २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, गत २४ घण्टामा थप १३ हजार ३८८ जना संक्रमितको मृत्यु भएका छन् । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको कुल संख्या ३० लाख ८४ हजार ४६७ पुगेको छ ।हाल विश्वभर १२ करोड ३५ लाख ८३ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा पनि थप ६ लाख ९० हजार १९३ जना निको भएका हुन् ।

विश्वभर १ करोड ८६ लाख ४८ हजार २३७ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १० हजार ८८ गम्भिर बिरामी छन् ।यसैगरी, विश्वकै सबैभन्दा बढी कोरोना संक्रमण फैलिएको देश अमेरिकामा संक्रमितको संख्या ३ करोड २६ लाख ६९ हजार १२१ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म अमेरिकामा २ करोड ५२ लाख ३६ हजार ६५८ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या ५ लाख ८४ हजार २२६ पुगेको छ ।हाल अमेरिकामा ६८ लाख ४८ हजार २३७ सक्रिय संक्रमित छन् । ती मध्ये ९ हजार ९६२ गम्भिर बिरामी रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board