कोभिड अस्पतालमा आगलागी, १२ जनाको मृत्यु

काठमाडौं, १० बैशाख । भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ ।

मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन । यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति