भारतद्वारा गैरनाफामूलक संस्थालाई बस र एम्बुलेन्स प्रदान


काठमाडौँ, ९ वैशाख
भारत सरकारले नेपालका गैरनाफामूलक सङ्घसंस्था तथा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप बस तथा एम्बुलेन्स प्रदान गरेको छ । यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ३९ वटा एम्बुलेन्स र छ वटा बस सम्बन्धित संस्थाका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो ।

यसअघि भारतले नेपाल सरकारले निर्धारण गरेको मापदण्डानुसार निर्माण भएका ‘एडभान्स लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट र कमन लाइफ सपोर्ट’ गरी तीन किसिमका थप एम्बुलेन्स प्रदान गरेको थियो । 

हालसम्म भारतले ८६२ वटा एम्बुलेन्स र १६६ वटा स्कूल बस उपहारस्वरुप नेपालका सामाजिक सङ्घसंस्था र विद्यालयलाई प्रदान गरिसकेको छ । नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न तथा शिक्षक र विद्यार्थीको आवागमनमा सघाउन भारतले बर्सेनि केही एम्बुलेन्स र स्कूल बस उपलब्ध गराउँदै आएको छ ।(रासस) 

–––

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board