सांसदबाट हटाउनुपर्ने कुनै गल्ती गरेका छैनौं –सुरेन्द्र पाण्डे ( स्पष्टीकरणपत्र)

काठमाडौं ९ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका २७ जना सांसदहरूले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् ।

बिहीवार बिहान भएको छलफलपछि संसदीय दलको कार्यालय सिंहदरबारमा लगेर उनीहरूले आआफ्नो स्पष्टीकरण पेश गरेका हुन् । स्पष्टीकरण बुझाएका नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरण पत्रमा भनिएको छ ।
मलााई लगाइएका सबै आरोपहरु निराधार, कपोलकल्पित, पूर्वाग्रहबाट ग्रसित देखिन्छन् । त्यहाँ उल्लेखित कुनैपनि क्रियाकलाप मैले गरेको छैन । नेपालको संविधानमा
उल्लेखित समाजवादउन्मुख शासन प्रणाली, नेपाल कम्युनिष्ट पार्टी (एमाले को नवौं राष्ट्रिय
महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन र विधानमा उल्लेखित राजनीतिक, आर्थिक र सांस्कृतिक
कार्यदिशा, नीति, कार्यक्रम र संयुक्त वाम चुनाव घोषणापत्रसंग मेल खाने गरी गतिविधिहरु गर्न मैले
आग्रह गरेकोहुँ । नेपालको संविधान र पार्टीको सिद्धान्त, नीति र कार्यक्रम, विधान, विपरीतका
कामकुराको आलोचना र विरोध गर्नपाउने नैसर्गिक अधिकार सबै पार्टी सदस्य एवम् नागरिकहरुमा
रहेको तथ्य स्पष्टै छ । यस्तो आलोचना र विरोधलाई सरकारविरुद्ध काम गरेको भन्ने हो भने
लोकतन्त्रको नै मृत्यु हुन्छ र पार्टीको माक्र्सवाद–लेनिनवादको द्वन्द्ववादी सिद्धान्त तथा जनवादको
अवसान हुन्छ ।

एमाले सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आफूहरूले स्पष्टीकरण पेश गरेको बताए ।
पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको, तथा अर्को पार्टी गठन गरेकोले किन पार्टी र सांसद पदबाट नहटाउने भन्दै ओलीले वैशाख ६ गतेको मिति राखेर सांसदहरूसँग छुट्टा–छुट्टै स्पष्टीकरण सोधेका थिए ।

पार्टीभित्र देखिएको विवाद समाधानको गर्ने अन्तिम प्रयास भन्दै हिजो र आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।
पाण्डेको स्पष्टीकरण पत्र यस्तो छ ।

https://drive.google.com/file/d/1kJQeu53Bp0ChsDThj8AX4SOgHv52yijT/view

https://drive.google.com/file/d/1kJQeu53Bp0ChsDThj8AX4SOgHv52yijT/view

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board