‘सांसदबाट हटाउनुपर्ने कुनै गल्ती गरेका छैनौं’–नेपाल पक्षीय सांसदहरुको स्पष्टीकरण

काठमाडौं ९ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका २७ जना सांसदहरूले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् ।

बिहीवार बिहान भएको छलफलपछि संसदीय दलको कार्यालय सिंहदरबारमा लगेर उनीहरूले आआफ्नो स्पष्टीकरण पेश गरेका हुन् ।

एमाले सांसद एवं केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले आफूहरूले स्पष्टीकरण पेश गरेको बताए ।
पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको, तथा अर्को पार्टी गठन गरेकोले किन पार्टी र सांसद पदबाट नहटाउने भन्दै ओलीले वैशाख ६ गतेको मिति राखेर सांसदहरूसँग छुट्टा–छुट्टै स्पष्टीकरण सोधेका थिए ।

पार्टीभित्र देखिएको विवाद समाधानको गर्ने अन्तिम प्रयास भन्दै हिजो र आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board