भारतमा कोरोना नियन्त्रण बाहिर : एकैदिन ३ लाख १६ हजार संक्रमित , २ हजार १ सय २ जनाको मृत्यु

काठमाडौं, ९ बैशाख ।  भारतमा बुधबार एकैदिन ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ। योसँगै एकैदिन यति धेरै कोरोनाभाइरसका संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको छ। यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख संक्रमित थपिएका थिए।

गत जनवरी ८ मा अमेरिकामा ३ लाख ७ हजार ५ सय ८१ जना संक्रमित थपिएका थिए।संक्रमण दर बढेसँगै भारतमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको संख्या पनि दिनदिनै बढिरहेको छ। बुधबार भारतभरि २ हजार १ सय २ जनाले ज्यान गुमाएका छन्। भारतमा दैनिक संक्रमितको संख्या १ लाखबाट तीन लाख पुग्न जम्मा १७ दिन लागेको छ। अप्रिल ४ मा पहिलो पटक दैनिक संक्रमितको संख्या १ लाख पुगेको थियो।भारतका महाराष्ट्र, दिल्ली, केरला, उत्तर प्रदेश, छत्तीसगढलगायत राज्यमा कोरोना दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ।भारतमा अहिलेसम्म १ करोड ५९ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ८४ हजार संक्रमितले ज्यान गुमाएका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board