पछिल्लो २४ घण्टामा २ हजार २ सय २० जना कोरोना संक्रमित, काम नपरी घरबाट बाहिर ननिस्कन मन्त्रालयको आग्रह

काठमाडौँ ८ वैशाख । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएक ८ हजार ८ सय ४४ पीसीआर परीक्षणबाट बुधबार २ हजार २सय २० जना संक्रमित फेला परेको हो । त्यस्तै ८ सय ३ एन्टिजेन परीक्षणबाट १३१ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट २ हजार ३ सय ५१ जना संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा २८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यसेगरी काठमाडौं उपत्यकामा १ हजार ५१ संक्रमितथपिएका छन्।
पछिल्लो एक हप्तामा हरेक दिन २ सय देखि ३ सय बढी कोरोना संक्रमित थपिइरहेका छन् ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।

मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे । ‘कोरोना संक्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ,ु डा गौतमले बताए ।
उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board