नेपालगन्जमा एक हप्ता लकडाउन

नेपालगन्ज ८ बैशाख । कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या अत्यधिक बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा एक हप्ता लकडाउन घोषणा गरिएको छ।

वैशाख ८ गते राति १२ बजेदेखि वैशाख१५ गते मध्यरातसम्म बन्दाबन्दी लागू गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। यो अवधिमा सवारी साधन, पसल तथा ब्यांक सञ्चालन र अत्यावश्यक बाहेक हिंडडुल गर्न रोक लगाइएको उनले बताए। 
उपमहानगरभित्र मात्रै संक्रमितको संख्या ७३५ पुगेर अस्पताल भरिभराउ भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिशका आधारमा बन्दाबन्दीको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए।
बन्दाबन्दीमा एम्बुलेन्स, शववाहन, दमकल लगायतका अत्यावश्यक सेवा भने सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति