रामदानका अवसरमा एक हजार ७०० कैँदी जेलमुक्त


काएरो, ७ चैत :
मुसलमानहरूको पवित्र पर्ब रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ ।

पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैँद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत् रिहाइ गरिएको हो ।

जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैँदीलाई कैँद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ ।

इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैँद भूक्तानी गरिसकेका कैँदीहरूलाई बाँकी कैँद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ । इजिप्टले रमादान र स्वतन्त्रता दिबस (जुलाई २३) का अवसरमा कैँदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन बर्षोँ देखि चल्दै आएको छ ।

इजिप्टको संविधानअनुसार शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैँदीको बाहेक अन्य मुद्दामा जेल परेका कैँदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ
–––


  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board