संसद् अधिवेशन अन्त्य गरेकोमा भण्डाफोर गर्ने माओवादी निर्णय

काठमाडौँ ७ बैशाख — नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको हिउँदे अधिवेशन सरकारले हठात् अन्त्य गराएर अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी कदम चालेको ठहर गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको‌ अधिवेशन प्रभावकारीबनाउनु पर्ने परिस्थितिमा अन्त्य गर्नु सरकारको स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको निष्कर्ष निकाल्दै भर्त्सनासमेत गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, प्रतिनिधिसभा बैठकको मिति र समय निश्चित भएको अवस्थामा संसद्को अधिवेशनलाई प्रभावकारीमूलक बनाउनु पर्ने परिस्थितिमा संसद् अधिवेशन हठात बन्द गर्ने काम गर्नु अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी कदमको अभिव्यक्ति हो । त्यो कदमको हामीले भर्त्सना पनि हामीले गरेका छौं ।

सोमबार ११ बजे मन्त्रिपरिषद्‌को बैठक बसेर दिउँसो १ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको भन्दै माओवादी बैठकले पार्टी पंक्तिलाई कोरोनाबारे जनचेताना फैलाउन र सहजीकरणका लागि परिचालन गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले केपी ओली नेतृत्‍वको सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेको भन्दै बाह्य हस्तक्षेप आमन्त्रण गरिरहेकोले यो प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षको सरकार बनाउने छलफल घनिभूत पार्ने पनि निष्कर्ष निकालिएको छ अर्को बैठक बुधबार १ बजे बस्ने श्रेष्ठले जानकारी दिए ।आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बारे कुनै निर्णय नभएको समेत उनले बताए । नागरिक समाज र अन्य राजनीतिक दलले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता निलएकोमा आलोचना हुंदै आएको छ भने प्रधानमन्त्री ओलीले मसेत समर्थन फिर्ता लिन चुनौति दिंदै आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति