२४ घण्टामा देशभर १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण : ११ जनाको मृत्यु

काठमाडौ, ७ वैशाख ।  २४ घण्टामा देशभरबाट १ हजार ७ सय ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ८ हजार ७ सय ३८ जनामा गरिएको नमुना परीक्षणको नतिजामा कुल १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ हजार ७ सय ३६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ । यीमध्ये ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ५ सय ५०, ललितपुरमा १ सय ५ र भक्तपुरमा ३५ जना गरी उपत्यकामा ६ सय ९० जना संक्रमित थपिएका छन् ।संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय ६० जना र भेन्टिलेटरमा ४५ जना उपचाररत छन् ।

मंगलबार देशभर २ सय ५१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ५१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७५ हजार ८ सय ६ जना पुगेको छ । निको हुने दर ९५।९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति