भारतमा थप २ लाख ५६ हजारमा संक्रमण : थप १७५७ जनाको मृत्यु

काठमाडौँ, ७ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तिव्र रुपमा फैलिदै गएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार ९४७ जनामा संक्रमण भएको छ । यसअघि (सोमबार) वैशाख ६ मा भारतमा अहिलेसम्मकै धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५३ लाख १४ हजार ७१४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३१ लाख ३ हजार २२० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ३० हजार ९४४ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८० हजार ५५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १७५७ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति