लुम्विनीमा जसपाबाट मन्त्री बनेका चारै जना निलम्बित, सरकारबाट तत्काल फिर्ता हुन निर्देशन

रुपन्देही ६ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जनालाई पार्टीले निलम्बन गरेको छ ।

पार्टीको निर्णय अनुसार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै ४ जना ससांसद मन्त्री बनेका थिए । पार्टीको प्रदेश कमिटिले तत्कालै ४ जनामाथि कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

जसपा लुम्विनी प्रदेश अध्यक्ष अशोककुमार यादवले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बनेका चार जनालाई यथाशीघ्र सरकारबाट फर्किन निर्देशन दिएका छन् । यादवले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी समेत बताएका छन् ।

आवश्यक परेमा सांसद पद नरहने गरी कारवाहीका लागि सम्पूर्ण प्रक्रिया अवलम्बन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जसपाको लुम्विनी प्रकरणले केन्द्रससम्मे विवाद बल्झने सस्रोतका दावी छ । ती चार जना मन्त्री बनेकोमा अध्यक्ष उपेन्द्र यादवले समेत आश्यचार्य प्रकट गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board