लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसी प्रस्तावित

रुपन्देही ६ बैशाख ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा) ले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । प्रस्तावमा मुख्यमन्त्रीका रुपमा माओवादी सांसद कुलप्रसाद केसीलाई प्रस्ताव गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए । मुख्यमन्त्रीविरुद्ध तीन दलले अविश्वासको प्रस्ताव दर्त गरेका छौं,ु उनले भने नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा अहिले ८५ सदस्य कायम छन्। दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त भएका छन् । प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्।
मुख्यमन्त्रीमा प्रसस्तावित केसी जनयुद्धकालमा माओवादी जनमुक्ति सेनाका एकजना डेपुटी कमण्डर थिए । उनी रोल्पाबाट निर्वाचित सांसद हुन् । माओवादी विभाजित हुंदा उनी बैद्य र बादलससंगै उनीहरु तिर लागेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति