संसद अधिवेशन अन्त्य भएसंगै माओवादी स्थायी समिति बैठक पनि स्थगित

काठमाडौं, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक स्थगित भएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइए पनि समय अभावका कारण वैठक स्थगित भएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी तथा नयां सत्ता गठवन्धनका बारेमा निर्णय गर्ने उद्धेश्यका साथ बैठक बोलाइएकोमा आजै विहान ११ बजे बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठक स्थगति गरिएको बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति