काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रीपरिषदबैठक बोलाएका छन ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । समसामयिक एजेण्डामा निर्णय गर्न मन्त्री परिषद बैठक बोलाएको थापाले बताए । मुलुकको राजनीति तरंगित भइरहेका बेला आजको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषदको बैठकको आह्वान
प्रतिक्रिया