सुनको मूल्य सामान्य बढ्यो

काठमाडौं, ५ बैशाख । सुनको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, शुक्रबार प्रतितोला ९० हजार रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आइतबार ९० हजार २ सय रुपैयाँमा खरिद विक्रि भएको छ । चाँदीको मुल्य भने स्थिर रहदै १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति