कोटेश्वरमा बालिका – महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

काठमाडौं । बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनलाई एक महिलाले होटलमा ल्याएर जिम्मा दिएको र शुरुमा वेटरमा राखेपछि पछि वेश्यावृतिमा लगाएको प्रहरीले आरोप लगाएको छ । उनले शुरुमा होटलका ग्राहकसँगै बसेर खाना खाने र जबरजस्ती यौनसम्बन्ध राख्न लगाई पैसा असुल्ने तथा त्यो पैसा पनि नदिएर श्रम शोषणसमेत गरेकाले कानूनबमोजिम कारवाही गरी पाउँ भनी परेको जाहेरीका आधारमा पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले आज एक सूचना जारी गरी जनाएको छ । उनका विषयमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

यता काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थली कुशलस्थित सडक नजिक नुवाकोट लिखुँ गाउँपालिका–४ बस्ने ५२ वर्षीय माइला पुतुवार आज मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित धर्मस्थली बस्ने मंगल पुतुवारकामा पाहुना लाग्न आएको बुझिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–८ शङ्खादेवी बस्ने ४६ वर्षीय अजय आचार्य आफ्नै घरमा आज मृत फेला परेको र दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति