सुवेदीविरुद्धको रिट खारेज, सर्वोच्चको न्यायाधीशका लागि बाटो खुला

काठमाडौं ३० चैत । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका नहकुल सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले न्यायाधीशमा प्रस्तावित सुवेदीको योग्यताका सम्बन्धमा परेको रिट सोमवार खारेज गरिदिएको हो ।

अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको रिट सर्वोच्चले खारेज गरेपछि सुवेदी सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुला भएको छ ।

‘न्याय सेवाको राप प्रथम श्रेणी वा सो भन्दा माथिको पदमा १२ वर्षभन्दा बढी अवधिको अनुभव हासिल गरिसकेर निजको संविधानको धारा १२९ को उपधारा ५ बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति हुने योग्यता पुगेको नै देखिँदा संविधानको उक्त धाराबमोजिम निजको योग्यता नपुगेको हुँदा निजको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी पाऊँ भन्ने निवेदनको जिकिर पुग्न सक्दैन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सुवेदीको सिफारिसबारे वैशाख ३ गते संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्दैछ । सुवेदीमो सिफारिश शुरु देखि नै विवादमा पर्दै आएको छ । नेपाल बार सएशोशिएशनले समेत सुवेदीलाई न्यायधीश नियुक्त नगर्न वक्तव्य नै जारी गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board