आगामी बजेट कोभिड प्रभाव न्युनीकरणमा केन्द्रित : अर्थमन्त्री पौडेल

काठमाडौं ३० चैत । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेट कोरोनाको आर्थिक प्रभाव न्युनीकरणमा केन्द्रित हुने बताएका छन् । अर्थमन्त्री पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमा स समाधान हुने भन्दै लगानीकर्तालाई नआत्तिन सपनि अपिल गरेका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै भएर लगानीको थप सहज बातावरण बन्ने पौडेलले दावी गरे ।

यस अघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा उत्पन्न राजनीतिक परिस्थितिले लगानीकर्तामा अन्योल सिर्जना गरेको उल्लेख भएको सिथयो ।

कोरोनाभाइरसको महामारीका बीच उत्पन्न राजनीतिक अन्योललाई विश्व बैंकले समेत चासोका साथ हेरेको छ । त्यस चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीको दोस्रो वेवबाट नेपाली जनता र अर्थतन्त्रलाई बचाउन समेत सरकार क्रियाशील रहेको दावी गरे ।

‘निरन्तर वृद्धि भइरहेको नेपालको अर्थतन्त्रलाई कोभिडले असर गरेको भएपनि सरकारको प्रयासबाट समाधान गरिने बताए । ‘यो समस्यालाई यहाँहरुको उत्साह र समर्थनबाट नेपाल सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरिरहेको छ ।’उनले भने ।

उनले एक पटक खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप वितरण गर्न र एक पटक पनि नलगाएका नागरिकलाई खोप उपलब्ध गराउन सरकारले काम गरिरहेको समेत बताए ।

अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक पुनरुत्थान, पुनर्संरचनाबारे सुझाव दिन परामर्श समितिले काम गरिरहेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्र र विकास साझेदार संस्थासँग समन्वय गरेरै अगाडि बढ्ने उल्लेख गरे ।

सरकारले नयाँ बजेटको तयारीमा जुटेको भन्दै उनले अबको बजेट समेत कोरोनाको प्रभाव न्यूनीकरणा गर्नमा केन्द्रित हुने बताए । विश्व बैंकले चालु आवमा २.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणसहित नेपाल विकास अपडेट सार्वजनिक गरेको हो । यस अघि पनि अर्थमन्त्री पौडेलले पटक पटक लगानीकर्ता र आर्थिक क्षेत्रलाई उत्साहकासाथ सरकारी प्रायसलाई सघाउन आग्रह गर्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board