दुई हप्तमा २७१ बालबालिकामा कोरोना संक्रमण

काठमाडौँ ३० चैत — संसारभर कोरोना संक्रमणको दोस्रा लहर चलिरहेका बेला नेपालमा पनि संक्रमण बढिरहेको छ । सवैभन्दा चिन्ताको विषय स्कुले बालबालिकाहरुमा समेत संक्रमण बढेको छ । यही चैत १४ देखि २९ गते सम्म ३ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण भएका मध्ये १८ वर्षभन्दा मुनिका बालबालिका मात्र २ सय ७१ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो संक्रमणको ७.९५ प्रतिशत हो  । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार चैत २६ मा संक्रमित देखिएमध्ये १५।३६ प्रतिशत बालबालिका थिए । त्यो दिन ३ सय ३३ जनालाई संक्रमण देखिएको थियो । संक्रमण पुष्टिमध्ये चैत २१ मा ८.८९, २२ मा ७.९७, २३ मा ६.०२, २४ मा १० प्रतिशत बालबालिका छन् ।

संक्रमित बालबालिकाको संसंख्या चैत २५ मा ८.३९ प्रतिशत रहेकामा चैत २६ मा बढेर १५.३६ प्रतिशत पुगेको थियो  । यस्तै, चैत २७ मा ११.८० र चैत २८ मा संक्रमितमध्ये ८.३ प्रतिशत बालबालिका रहेको मन्त्रालयले जनाएको छ । आइतबार भने संक्रमित बालबालिकाको हिस्सा ५.९४ प्रतिशत छ । विद्यालयमा स्वास्थ्य मापदण्ड पालना नगराउँदा बालबालिकामा संक्रमण बढेको बताइएको छ । नियमित रूपमा मास्क र फेससिल्ड लगाए, हात धोए केही हदसम्म संक्रमण फैलिनबाट रोकिने टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताउंछन् ।

‘‘संक्रमित बालबालिका सबैभन्दा बढी काठमाडौं, भक्तपुर र ललितपुरका छन् । उनका अनुसार चैत १२ देखि २९ सम्म संक्रमित बालबालिकामध्ये प्रदेश १ र २ मा १३–१३ र वाग्मतीमा १ सय ६६ जना छन् ।

गण्डकीमा ५५, लुम्बिनीमा १७, कर्णालीमा ३ र सुदूरपश्चिममा ७ जना बालबालिकालाई संक्रमण देखिएको छ । ईडीसीडीले कोरोना पोजिटिभ देखिएकाको नमुनालाई पुनः परीक्षण गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि ल्याउने गरेको छ ।

परीक्षणका क्रममा यूके भेरिएन्ट एसजिन नेगेटिभ भएको संक्रमित अत्यधिक भेटिएको छ । ‘संक्रमितमध्ये ६० प्रतिशतमा यूके भेरिएन्ट देखिएको छ । ‘यूके भेरिएन्ट भएका संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मात्रै २२ प्रतिशत छन् । ४ प्रतिशत त १० वर्ष मुनिका बालबालिका छन् ।’ पोखरामा भेटिएका संक्रमितमध्ये ५० प्रतिशतमा यूके भेरिएन्टको एसजिन नेगेटिभ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board