राजकुमार फिलिप: ९९ वर्ष, १४३ देश र एउटी निकै चर्चित श्रीमती

फिलिप

ड्यूक अफ एडिनबरा, सम्भवत: विश्वकै सबैभन्दा चर्चित श्रीमान्‌को ९९ वर्षको उमेरमा निधन भएको छ। 

उनले आफ्नी श्रीमती संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयाको छायामा सात दशक बिताए। 

तर उनको व्यक्तित्वको शक्ति भने सामान्य व्यवसायिक जीवनसाथी मात्र नहुने खालको थियो। 

त्यसो भए राजगद्दीको छेउमा रहने ती व्यक्ति को थिए र उनले कसरी महारानीलाई बिहे गर्न पुगे?

एकजना श्रीमान् तर राजा भने होइनन्

Getty Images

विवाहको मिति घोषणा गरिएपछि सन् १९४७ मा बकिङ्घम दरबारमा

मुख्य कुरा सुरुमै: राजकुमार फिलिपका रूपमा समेत परिचित ड्यूक कहिल्यै राजगद्दीको उत्तराधिकार क्रममा थिएनन्। 

त्यो हक उनका जेठा छोरामा थियो र उनलाई कहिल्यै राजा पनि भनिएन। 

त्यसो किन भने, यूकेमा राजगद्दीका प्रमुखसँग विवाह गर्ने महिलाले शिष्टाचार पदवीका रूपमा रानी सम्बोधन हुन पाउँछिन्। 

तर राजगद्दी प्रमुखसँग विवाह गर्ने पुरुषले भने राजा सम्बोधन हुन पाउँदैनन्। त्यो हक सार्वभौम पुरुषसँग मात्र छ। 

महारानी र राजकुमार फिलिपका चारजना सन्तान छन्: राजकुमार चार्ल्स , ७२, राजकुमारी एनी, ७०, राजकुमार एन्ड्रयू, ६१ र ५७ वर्षीय राजकुमार एडवार्ड। 

शाही जीवनी लेखक इन्ग्रिड सेवार्डले राजकुमार एन्ड्र्यूलाई उद्धृत गर्दै उनको बाल्यकालबारे भनेका छन्: “महारानीबाट दया भावको गुण आयो भने वहाँबाट जिम्मेवारी र अनुशासन।”

एन्ड्र्यूले कसरी आफ्ना बुवाले सुत्ने बेला सुनाउने कथा बनाउन समय निकाल्थे वा आफ्ना सन्तानले पढ्ने कथाहरू सुन्थे भनेर समेत सम्झना गरेका छन्। 

आफ्ना आठ नातिनातिनी र १० जना पनातिपनातिनी हुर्केको देख्नका लागि राजकुमार फिलिपले पर्याप्त समय बाँच्न पाए। 

उनको जीवनका सुरुवाती दिन कस्ता थिए ?

फिलिपको बकिङ्घम राजदरबारतर्फको यात्रा सुन्तला राख्ने टोकरीमा बच्चा सुताउनका लागि बनाइएको एउटा सानो खाटमा सन् १९२२ बाट सुरु हुन्छ। 

फिलिपको जन्म सन् १९२१ को जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो।

उनी ग्रीसका राजकुमार एन्ड्र्यू र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए। 

त्यो धरोहरले उनलाई ग्रीस र डेनमार्कको राजकुमार बनायो। 

तर अर्को वर्ष भएको एउटा सत्ता पलटसँगै उनको परिवार ग्रीसबाट हरायो। 

एउटा ब्रिटिश युद्ध पानीजहाजले उनीहरूलाई सुरक्षित रूपमा इटली पुर्‍याउँदा शिशु फिलिप एउटा फलफूल राख्ने टोकरीमा मुस्किलले निदाउन खोजिरहेका थिए। 

उनी कसरी हुर्किए?

Keystone Features/Getty Images

गर्डनस्टन स्कूलले फिलिपको जीवनलाई एउटा आकार दिँदै आत्मनिर्भर हुन सिकायो।

फिलिपको बाल्यकाल शृङ्खलाबद्ध क्षतिहरूले भरिएको छ। 

सन् १९३० मा जब उनी आठ वर्षका थिए उनकी आमा स्नायुमा पुगेको असरका कारण मनोपरामर्श केन्द्र जान थालिन्। 

त्यसपछिका वर्षमा फिलिपले आफ्ना दुवै अभिभावकलाई विरलै देख्न पाए। 

उनका बुवा एकजना भित्रिनीसाथ फ्रेन्च रिभिरा फर्किएपछि उनकी आमाका आफन्तहरूले यूकेमा उनलाई हुर्काउन सघाए। 

पछि उनले आफ्नो थरलाई पारिवारिक नाम ब्याटनबर्गको अङ्ग्रेजिकरण गर्दै माउन्टब्याटन गराए। 

नाजीहरूको आलोचना गरेपछि जर्मनीबाट निकालिएका एक यहुदी शिक्षाविद् कर्ट हानले स्थापना गरेको एउटा स्कटल्यान्डको बोर्डिङ स्कुलमा उनी पढे। 

उक्त स्कुलले फिलिपलाई एउटा आकार दिँदै आत्मनिर्भर हुन सिकायो। 

त्यहाँ हानले विद्यार्थीहरूलाई सबेरै उठेर चिसो पानीमा नुहाउन, लामा दौडहरू गर्न लगाउँथे जसले किशोरावस्थाका ‘विषाक्त रहर’हरूसँग जुझ्न सघाउने उनको विश्वास थियो। 

Getty Images

उनी पढेको गर्डनस्टन स्कुल

सन् १९३७ मा फिलिपका चारमध्ये एकजना दिदी सेसिलीको आफ्ना श्रीमान्, दुईजना छोरा, सासूसाथ हवाई दुर्घटनामा परेर मृत्यु भयो। 

उनी त्यसबेला गर्भवती अवस्थामा समेत थिइन्। 

सेसिली त्यसबेला भर्खर नाजी पार्टीमा आबद्ध भएकी थिइन जसको जर्मनीमा लगभग पूर्ण नियन्त्रण थियो। 

शोकाकुल १६ वर्षका फिलिप दिदीको शव बाकस पछाडि जर्मनीको ड्रम्स्टाटमा हिटलरको सम्मानमा नाराबाजीसाथ गरिने सलामीबीच हिँडेका थिए। 

त्यस समयबारे फिलिपले पछि भनेका थिए, “त्यो त्यसरी नै भयो। मेरो परिवार टुट्यो, मेरी आमा बिरामी भइन्। मेरा दिदीहरूको बिहे भयो, मेरा बुवा फ्रान्सको दक्षिणमा थिए। म त्यससँग अभ्यस्त हुनु थियो। हुँदो रहेछ।”

फिलिपले कसरी महारानीलाई सघाए?

फिलिपले स्कुल सक्दा ब्रिटेन जर्मनीसँगको युद्धको सङ्घारमा थियो। 

उनी ब्रिटिश नौसेनामा भर्ती हुँदा आफ्नो कक्षाको उत्कृष्ट भएका थिए। 

सन् १९३९ मा राजा जोर्ज छैटौँ औपचारिक भ्रमणमा आउँदा फिलिपको जिम्मेवारी राजाका साना छोरीहरू राजकुमारीहरू एलिजाबेथ र मार्गेटलाई मनोरञ्जनका गतिविधिमा संलग्न गराउनु थियो। 

त्यसबेला उनले १३ वर्षकी एलिजाबेथमा कस्तो विशेष छाप छाडेका रहेछन् भन्ने त पछि स्पष्ट भइहाल्यो। 

Press Association

एलिजाबेथलाई भेट्नुभन्दा केही समय अघिको एउटा दुर्लभ तस्बिर

उनले दोस्रो विश्वयुद्धमा उत्कृष्ट सेवा गरेका छन्। 

हिन्द महासागरमा पहिलो पटक सैन्य कारबाही देखेका २१ वर्षका उनी सन् १९४२ मा शाही नौसेनाका एक जना सुरुवाती कान्छा लेफ्टिनेन्ट थिए।

त्यसपछि ती किशोरी राजकुमारी र नौसेनाका अधिकृतबीच पत्राचार चलिरह्यो। 

सन् १९४३ को क्रिसमसमा फिलिप शाही परिवारसँग हुँदा नौसेनाको पहिरनमा रहेको उनको एउटा तस्बिर एलिजाबेथको कोठामा भेटियो। 

त्यो एउटी अन्तरमुखी तर प्रतिबद्ध युवतीको निर्णायक सङ्केत थियो। 

एलिजाबेथका केही सहयोगीहरू शङ्कालु थिए। 

एकजना चर्चित् सैन्य अधिकृतले राजकुमार ‘छाडा, असभ्य, अशिक्षित र सायद प्रतिबद्ध नहुने’ दाबी गरेका थिए। 

तर भविष्यकी महारानीलाई ती कुनै कुराले रोकेन। 

जीवनी लेखक फिलिप एडेका अनुसार सन् १९४६ मा फिलिपले लेखेका पत्रमा एक उत्सुक युवाको नवीन उद्देश्य देखिन्छ। 

उनले छिट्टै आफ्नी भविष्यकी सासूलाई लेखेका थिए, “मसँग भएका सबै राम्रा कुराहरू मेरा लागि योग्य होइनन् भन्ने मलाई थाहा छ। युद्धमा बच्नु र विजय देख्नु, आरामको मौका पाउनु र आफैलाई पुर्नअनुकूल गराउन पाउनु, पूरै र पवित्र रूपमा प्रेममा पर्नुले कसैको व्यक्तिगत र संसारकै समस्याहरू पनि साना र सुन्दर लाग्छन्।”

राजा जोर्जले फिलिपलाई आफ्नी छोरीसँग विवाह गर्ने अनुमति दिए। तर त्यहाँ मिलाउनुपर्ने केही कुराहरू थिए। 

ग्रीस र डेनमार्कका पूर्व राजकुमार अब ब्रिटिश नागरिक भए। 

औपचारिक रूपमा चर्च अफ इङ्गल्याण्डसँग आबद्ध भएर उनले सबै विदेशी पदवीहरू त्यागे। 

विवाहको दिन २० नोभेम्बर १९४७ मा उनलाई ड्यूक अफ एडिनबरा बनाइयो जुन नामले बाँकी जीवनभर उनलाई चिनायो। 

त्यसबेला उनी २६ वर्षका थिए भने उनकी श्रीमती २१ वर्षकी। 

AFP/Getty Images

सन् १९५० मा त्यसबेलाका दुई सन्तान राजकुमारी एन र राजकुमारी चाल्सका साथ

जिम्मेवारी आउनुअघि यी शाही दम्पती (र दुई सन्तान)सामु जम्मा ४ वर्ष रह्यो। 

सन् १९५२ मा कमनवेल्थ राष्ट्रहरूको एउटा भ्रमणका क्रममा केन्यामा रहेका बेला एलिजाबेथका बुवा राजा जोर्ज छैटौँको ५६ वर्षमा निधन भएको खबर उनीहरूसम्म पुग्यो। 

फिलिपका साथी र निजी सचिव कमाण्डर माइकल पार्करले उनले आफ्नी श्रीमती महारानी भएको आत्मसाथ गरेको त्यस क्षणलाई व्याख्या गर्छन्। 

“उनी आधा संसार आफैमाथि परेजस्तो देखिन्थे। मलाई जीवनमा कसैप्रति त्यति दया लागेर आएको छैन। हृदयाघात हुन लागेजस्तो उनी लामो सास फेर्न लागे। उनले तत्कालै आफूहरूको सुखद जीवन अन्त्य भएको देखिहाले।”

नौसेनाका लागि रहेको उनको महत्त्वाकाङ्क्षामा धक्का लाग्यो। 

नयाँ महारानी एलिजाबेथले आफ्ना श्रीमान्‌ साथमा चाहन्थिन्। 

उनलाई महारानीको पति भन्न थालियो र उनको आधारभूत भूमिका आफ्नी श्रीमतीलाई सघाउनु थियो। 

एउटा लामो विवाद सन् १९५० को दशकको सुरुतिर देखियो जतिखेर फिलिपले राजपरिवारलाई आफ्नो नाम माउन्टब्याटन झिक्न भने। 

“यो देशमा म मात्र त्यस्तो एउटा व्यक्ति हुँ जसले आफ्ना सन्तानलाई नाम दिन सक्दैन,” महारानीले विन्डसर राख्न जोड दिएपछि क्रुद्ध फिलिपले भनेका थिए।

“म एउटा अमिबाबाहेक केही होइन!”

आफूलाई दिएको सीमित भूमिकामा उनले जीवनको सार्थकता पहिल्याउन सङ्घर्ष गरे। 

तर स्वभावैले व्यवहारिक उनी बकिङ्घम दरबारका परम्परागत गल्लीमा स्वच्छ हावा खान प्रतिबद्ध रहे। 

फिलिपले राजसंस्थालाई कसरी परिवर्तन गरे?

Getty Images

बकिङ्घम दरबारमा डिनरका लागि तयार पारिएको टेबल

ड्यूकले आफ्नो परिवार ग्रीसबाट बाध्यतावश भाग्न परेको बिर्सिएनन् र राजसंस्था बचाइराख्नका लागि सोही अनुरूप अनुकूल हुनुपर्छ भन्नेमा विश्वास राखे। 

महारानीले व्यापक पृष्ठभूमिका मानिसहरूलाई भेट्न नसक्दा उनले समय निकाले। उनले राजदरबारका नोकरचाकरबारे र त्यहाँ हुने विशेष व्यवहार परिवर्तन गरे। 

केही परिवर्तन व्यक्तिगत र बाल सुलभजस्तो देखिने प्रविधि उपकरण प्रति उनको प्रेम थियो। 

बिहेपछि उनीहरू सन् १९४९ मा सरेको क्लरेन्ट हाउसमा उनले श्रमको बचत गर्ने प्रविधि जडान गरेका थिए। 

रोयल फ्यामिली नाम दिइएको सन् १९६९ को एउटा ९०-मिनेट लामो बीबीसी वृत्तचित्रको फिलिपले बचाउ गरे

रोयल फ्यामिली नाम दिइएको सन् १९६९ को एउटा ९०-मिनेट लामो बीबीसी वृत्तचित्रको उनले बचाउ गरे जसलाई त्यसबेला टेलिभिजनमा निकै महत्त्वपूर्ण मानिएको थियो। 

जसमा महारानीले आफ्नो घोडालाई गाजर खुवाएको, टिभी हेरेको, सेकुवा र सलादको कुरा गरेको र राजकुमारी एनीले ससेज पकाएको देख्न पाइन्छ। 

राजदरबारमा उनले आन्तरिक टेलिफोन राखे जसले गर्दा नोकरचाकरहरूलाई उनका पत्र महारानीसम्म पुर्‍याउन कुद्‍न पर्दैनथ्यो।

उनले आफ्नो सुटकेस आफै बोक्थे। र कोठामा विद्युतीय फ्राइङ प्यानका सहायताले आफै बिहानको खाजा बनाउँथे। 

उनले समय कसरी बिताउँथे?

ब्रिटिश इतिहासमा सबैभन्दा लामो समय सेवा गरेका राजगद्दी प्रमुखका सहयात्रीका रूपमा राजकुमारले एक्लै २२,१९१ क्रियाकलापहरूमा सहभागिता जनाएका छन्। 

सन् २०१७ मा शाही जिम्मेवारीबाट बिदा लिँदा उनी संरक्षक, अध्यक्ष वा सदस्य रहेका संस्थाहरू ७८० भन्दा धेरै थिए। 

महारानीसँग कमनवेल्थ राष्ट्रहरू र अन्य देशका भ्रमणमा उनले १४३ देशहरू औपचारिक रूपमा भ्रमण गरेका छन् जतिखेर उनले आफ्नो फ्रेन्च र जर्मन भाषाको क्षमतालाई राम्रोसँग उपयोग गर्थे।

दक्षिणी प्रशान्त टापु देश भानोआटो भ्रमण गर्दा उनलाई एउटा रेनफरेस्ट समुदायले आफ्ना प्राचीन योद्धाको अवतार भन्दै सम्मान गरेको थियो। 

Getty Images

भानोआटो भ्रमण गर्दा उनलाई एउटा रेनफरेस्ट समुदायले आफ्ना प्राचिन योद्धाको अवतार भन्दै सम्मान गरेको थियो।

तर उनको एउटा महत्त्वपूर्ण साख भनेको सन् १९५६ मा स्थापित ड्यूक अफ एडिनबरा अवार्ड थियो। 

त्यसो गर्नका लागि उनलाई उनका पूर्व हेडसर कर्ड हनले आग्रह गरेका थिए। 

१४ देखि २५ वर्षबिचका सहभागीले स्वयंसेवा गरेर उक्त अवार्ड पाउन सक्थे। 

जसक्रममा उनीहरूले शारीरिक क्रियाकलाप र सीपहरू, पर्वतारोहणदेखि डुङ्गा खियाउनेसम्मका काम गर्थे। 

सन् २०१६ मा १३० भन्दा बढी देश र भूभागबाट १३ लाख किशोर-किशोरी र युवाले यस योजना अन्तर्गत रहेर काम गरे। 

राजकुमार फिलिप को थिए?

त्यसका संस्थापकले बीबीसीलाई भनेका थिए, “यदि तपाईँले युवाहरूलाई जुनसुकै क्रियाकलापमा सफल गराउन सक्नुभयो भने सफलताको त्यस भाव अन्य धेरैमा फैलनेछ।”

फुर्सदको समयमा फिलिप आफ्ना खेल कौसल देखाउँथे। सन् १९६० को दशकको मध्यतिर उनी यूकेको शीर्ष चार पोलो खेलाडीमध्ये थिए। 

उनी प्रतिबद्ध वातावरण अभियन्ता हुन् जसले सन् १९६१ मा विश्व वन्यजन्तु कोष (यूके)को अध्यक्ष भएका थिए। 

तर त्यही वर्ष भारतमा उनले मारेको बाघसहितको तस्बिर सार्वजनिक भएपछि त्यसको निकै आलोचना समेत भएको थियो।

CENTRAL PRESS/AFP via Getty Images

विश्व वन्यजन्तु कोष स्थापना गरेकै वर्ष सार्वजनिक गरिएको यो तस्बिरपछि फिलिपको आलोचना भएको थियो

उनकै र महारानीका शब्दमा

ब्रिटिश जीवनमा आफूले पुर्‍याएको योगदानलाई समग्रतामा भन्न आग्रह गरिँदा राजकुमार फिलिपले खुलस्त भावमा भने, “मैले सबैभन्दा राम्रो भनेको आफूलाई जे लागेको छ त्यो मात्र गरेँ। कसैलाई त्यो ठिक लाग्छ। कसैलाई लाग्दैन। तपाईँले के गर्न सक्नुहुन्छ? म आफ्नो काम गर्ने तरिका बदल्न सक्दिनँ। यो मेरो शैली हो।”

आफूलाई लागेको कुरा खुलस्त बोल्दा वा विभेदकारी देखिने असंवेदनशील प्रतिक्रिया जनाउँदा उनले बारम्बार अप्ठेरो झेल्नुपर्थ्यो।

सन् १९८६ मा उनले चीनमा रहेका ब्रिटिश विद्यार्थीहरूलाई भनेका थिए, “तिमीहरू धेरै समय यहाँ बस्यौ भने तिमीहरू सबैको आँखा चिम्सो हुन्छ।”

उनको बचाउ गर्दा त्यो उनले सुनाएको कुनै चुट्किला थियो भनेर भन्नुपर्‍यो। 

नजिकबाट जान्नेहरूले राजकुमार र महारानीलाई एक बनाइराख्ने तत्त्व उनीहरूबीच रहेको हाँस्यभाव ठान्छन्। 

उनी स्वयंले महारानीले ती कुराहरू सहन गरेको बताउँथे। 

Getty Images

सात दशक साथमा बिताएका महारानी एलिजाबेथ द्वितीया र राजकुमार फिलिप

सन् १९६० को दशकमा एकताका महारानीको भाषण सुरुवात गर्ने प्रिय वाक्य ‘मेरा श्रीमान् र म…’ लाई धेरैले नक्कल गर्थे। 

त्यसरी पछि उनले भाषण दिन त छाडिन् तर उनीहरूबीचको भावना भने उस्तै रहिरह्यो। 

उनले आफ्नो विवाहको स्वर्ण जयन्तीमा फिलिपलाई व्याख्या गर्नेगरी एउटा भावुक मन्तव्य दिएकी थिइन्। 

“धेरैजसो मलाई डर लाग्छ, राजकुमार फिलिपले म बोलेको सुन्नुपर्छ। थुप्रै पटक हामीले पढ्ने वाला मन्तव्यको पहिल्यै छलफल गर्छौँ र तपाईँले उनका धारणाहरू पनि अभिव्यक्त भइरहेको अनुमान गर्नुहुन्छ होला।”

“उनी त्यस्ता व्यक्ति हुन् जसले प्रशंसालाई सहजै लिँदैनन्। तर सामान्य रूपमै भन्नुपर्छ उनी यतिका वर्ष मेरो शक्ति र साथका रूपमा रहे, र म र उनको पूरै परिवार र यो र कैयौँ देशहरूले उनले कहिल्यै दाबी गर्नेभन्दा वा हामीले कहिल्यै थाहा पाउने भन्दा बढी नै ऋणी छौँ।”

Reuters

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित

cortesy – bbc.com/nepali

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board