प्रतिनिधि सभा बैठक बस्दै, सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विवादास्पद सूचना प्रविधि विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । 

संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन आज बस्ने बैठकमा पेस हुन लागेको हो । २०७६ पुसमा संसद अन्तरगतको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसले फरक मत राखे पनि सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । 

समितिबाट विधेयक पारित भएपछि कांग्रेसले विज्ञप्ती निकालेर उक्त विधेयक सच्याउन माग गरेको थियो । वाक तथा प्रकाशन स्वतन्त्रतामा अंकुश लगाउने कतिपय प्रावधान समेटिएको भन्दै उक्त विधेयकको कांग्रेससहित सञ्चारमाध्यमहरुले विरोध जनाउँदै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board