स्थानीय तथा पश्चिमी वायुको प्रभाव आज वर्षाको सम्भावना

काठमाडौं २६ चैत । केही दिनदेखि देशका विभिन्न भागमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ। देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।

बिहीबार देशका पहाडी भूभागमा आंशिक देखि समान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।

शुक्रबार देशका पहाडी भू(भागमा आंशिक देखि समान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।

शनिबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको राष्टिय समाचार समितिले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति