भारतमा कोरोना भयाबह : २४ घन्टामै १ लाख २६ हजार संक्रमित

काठमाडौं २६ चैत । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको संक्रमण भयावह बन्दै गएको छ । त्यहाँ संक्रमितको संख्यामा हरेक दिन नयाँ नयां रेकर्ड बनिरहेको छ।

बुधबारमात्रै भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। गत वर्ष कोरोनाभाइरसको पहिलो लहर चल्दा पनि भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएका थिएनन्।
पछिल्लो एक महिनादेखि भारतमा संक्रमणको दर उकालो लागेको हो। गत मार्च ७ मा भारतभरि जम्मा १८ हजार ५ सय ९९ जनामा संक्रमण देखिएको थियो भारतीय समाचार संसथाहरुले जनाएका छन् ।
अघिल्लो साता भारतले दैनिक संक्रमणमा ब्राजिल र अमेरिकालाई पछि पारेको थियो। बुधबार ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार मानिसमा कोरोना संक्रमण भएको छ।
संक्रमण तीव्र भएसँगै भारतमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। बुधबारमात्रै त्यहाँ ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ।
कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति