सांसद पद गए पछि मन्त्री प्रभु शाह आक्रोशित, फेसबुकमा पोखिए

काठमाडौं २५ चैत । सहरी विकासमन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने निर्णयलाई लोकतन्त्रको उपहास भन्दै आफूमाथिको कारवाहीप्रति चर्को आक्रोश व्यक्त गरेका छन् ।

माओवादी केन्द्र त्यागेर एमाले (ओली समूह)बाट मन्त्री बनेका साहसहितका नेतालाई माओवादी केन्द्रले सांसद पदबाट हटाउने निर्णय गरेपछि साहले सामाजिक सञ्जाल मार्फत अक्रोह पोखेका हुन् ।

साहले बुधबार फेसबुकमा लेखेका छन्, ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साहसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीले दल त्यागेकाले उनीहरुलाई सांसद पदबाट हटाउन संघीय संसद सचिवालयमा पत्राचार गरेका थिए ।

एमालेसमेतको मतबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दल त्यागको कानुनी डण्डा चलाउन नसुहाउने साहको तर्क छ । उनले लेखेका छन्, ‘आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।’

साहलेअझ आक्रोशित हुंदै लेखेकाछन् ‘निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् ।’

‘अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक र कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,’
साह लामो समय माओवादीभित्र बाबुरा भट्टराई पक्षधरका रुपमा रहेका थिए । पछिल्लो समय उनी अन्तिम क्षणसम्म प्रचण्ड नेपाल पक्षमा नै थिए । उबकै गृह जिल्ला रौतहटका माधव नेपाललाई नेकपाको अध्यक्ष बनाएपछि उनी ओली पक्षमा लागेर मन्त्री बनेका थिए । सर्वोच्चको फागुन २३ को फैसला पछि उनी एमालेमै बसेर केन्द्रीय सदस्य बनेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board