काठमाडौं, २२ चैत्र। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।
आजको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनबारे छलफल हुने नेता जर्नाद शर्माले बताए । उनका अनुसार आइतबारको बैठकमा नयाँ सत्ता समीकरणमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुनेछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै नयाँ सरकार गठन हुने सार्वजनिक अभिव्यक्ति दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि जाने निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले भने अझै केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् ।
माओवादीले समर्थन फिर्ता लिए वर्तमान सरकार अल्पमतमा पर्नेछ । त्यसपछि प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसके नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ ।
प्रतिक्रिया