अनुसन्धानले भन्छ : स्यानिटाइजरले क्यान्सर हुनसक्छ

काठमाडौं । कोरोनाको कारण गत वर्षदेखि संसारमा स्यानिटाइजरको प्रयोग युद्धस्तरमा बढेको छ । तर, अमेरिका भएको एक शोधमा भने स्यानिटाइजरमा प्रयोग हुने बेन्जीन नामक एक प्रकारको रसायनलाई क्यान्सरको कारक मानिएको छ । वेलिजर नामक अमेरिकी अनलाइन फार्मेसी कम्पनीले यस्तो दाबीसमेत गरेको छ । यो कम्पनीले मेडिकलसँग सम्बन्धित विभिन्न उत्पादन बारे जाँच गर्ने गर्छ ।

वेलिजरले यस प्रयोगमा १६८ ब्राण्डको २६० बोतलमध्ये २१ बोतलमा बेन्जीनको मात्रा अत्यधिक पाएको थियो । कम्पनीले यी ब्राण्डको नामबारे पनि जानकारी दिएको छ । बेन्जीन अत्यधिक पाइएका सेनिटाइजर जेलका रुपमा थिए । यस शोधलाई यल युनिभर्सिटिको केमिकल एण्ड बायो फिजिकल इन्स्ट्रुमेण्ट सेन्टर तथा बोस्टन एनालिटिकल नामक एक निजी ल्याबले पनि सही ठहर्‍याएको छ ।

सेनिटाइजरमा बेन्जीनको मात्रा कसरी आयो भन्ने बारेमा थाहा नभएपनि यसलाई प्युरिफेकशनको दौरान प्रयोग गरिएको हुनुपर्छ । अमेरिकाको क्यान्सर सोसाइटिका अनुसार यसले ल्युकेमिया जस्तो ब्लड क्यान्सरको खतरा हुन्छ ।साथै अमेरिका तथा चीनमा तयार गरिएका सेनिटाइजरमा भने बेन्जीनको मात्रा अत्यधिक पाइएको थियो । वेलिजरका अनुसार स्यानिटाइजर बनाउने प्रक्रियाको अन्तिम चरणमा बेन्जीन हटाउनु पर्ने हुन्छ । तर, केही कम्पनीले भने यस प्रक्रियालाई छोडेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board