एमालेको नेपाल पक्षले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ, २० चैत्र । नेकपा एमालेको माधव –झलनाथ पक्षको आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेपछि बस्ने छ ।

नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको हो ।

नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन्।

एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए।

नेपाल–खनाल पक्ष अहिले देशव्यापी समानान्तर संरचना बनाउने क्रममा छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति