भारतमा कोरोनाः एकैदिन ७२ हजार बढी संक्रमित थपिदा ४५८ जनाको मृत्यु

काठमाडौँ, १९ चैत  । भारतमा थप ७२ हजार १८२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि गत चैत्र १६ मा भारतमा यो वर्षको दोस्रो धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २२ लाख २० हजार ६६९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ७२ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार २१५ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४५८ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board