बालाजु बाइपासमा एक करोड लागतमा सूचना केन्द्र, मन्त्रीले भने,’विवादित बनाउने प्रयास असफल’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजु बाइपासमा सूचना केन्द्र निर्माण गर्न थालनी गरेको छ । कामपाको स्वामित्वमा रहेको बालाजु बाइपासको कित्ता नं ९९ र १२५ मा सूचना केन्द्र निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र कामपाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा सूचना केन्द्रको शिलान्यास गरे । निर्माण हुने केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने छ । केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइने पनि बताइएको छ । मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधा सहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताए ।

कार्यक्रममा कामपाका प्रमुख शाक्यले सूचना केन्द्रले उपत्यका र काठमाडौँ महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने छ”, उनले भने, “सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौँ र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट, रसुवा र गोरखा जाने बाटोलगायत बारेमा पनि सूचना प्रप्त हुनेछ ।” करीब रु एक करोड लागतमा बालाजु बाइपासमा निर्माण हुन लागेको सूचना केन्द्रको निर्माणका लागि कमपाले रु ९५ लाख ६० हजार र उपभोक्ताले रु १० लाख ६० हजार व्यहोर्ने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board