भारतमा बढ्दो क्रममा कोरोना सङ्क्रमण : पछिल्लो २४ घण्टामा ५३ हजारभन्दा धेरै सङ्क्रमित थपिए

काठमाडौं, १८ चैत । भारतको कोरोना खोप वितरणका लागि विशेषज्ञ समूहले कोरोना सङ्क्रमण खतरापूर्ण अवस्थातिर उन्मुख भएको भन्दै चेतावनी दिएको छ ।

कोरोना सङ्क्रमणको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष एवं नीति आयोगका सदस्य विनोदकुमार पाललले केही हप्तादेखि देशको अवस्था बिग्रँदै गइरहेको र केही राज्यमा अवस्था गम्भीर बनिसकेको बताए। कोरोना भाइरस झन सक्रिय बन्दै गइरहेकोले यसले ठूलो जोखिम निम्त्याउने खतरा बढीरहेको भन्दै उनले पछिल्लो अवस्थाले आफूहरु थप चिन्तित बनिरहेको बताए ।

उनले कोरोना खोप लगाएको भए पनि मास्क लगाउन, भौतिक दुरी कायम गर्नेलगायत स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे । भारतमा पछिल्लो २४ घण्टामा ५३ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएसँगै जम्मा सङ्क्रमितको संख्या १ करोड २१ लाख ४८ हजार पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ६२ हजार ५ सय २ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board