भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप प्रदान

काठमाडौ, १७ चैत्र । भारत सरकारको ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहारस्वरुप प्रदान गरेको छ । टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित एक समारोहकाबीच नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले उक्त खोप नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन ।

भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले सो खोप हस्तान्तरण समारोहमा भिडियो कन्फरेन्स मार्फत सहभागिता जनाउनुभयो । उहाँले दुई देशका सेनाबीच भातृत्वको साइनो रहेको बताए । सो अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो खोप उपहारका लागि भारतीय सेना र भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।

उक्त खोप एयर इण्डियाको विमान मार्फत २०७७ चैत्र १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलएयर इण्डियाको विमान मार्फत २०७७ चैत्र १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । कोभिड–१९ महामारी विरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई गत वर्षदेखि रेमडेसिभिर, एक्सरे मेसिन, रेडियोग्राफी उपकरण, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनीट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण तथा एम्बुलेन्स लगायत विभिन्न किसिमको सहयोग गर्दै आएको छ । भारतले अहिले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपको हस्तान्तरणले कठिन घडीमा दुई देश र दुई देशका सेनाबीच हुने सहकार्यलाई पुष्टि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति