ललिता निवास प्रकरण : माधव नेपालसहितलाई मुद्दा चलाउन माग गरिएको रिट पहिलो नम्वरमा पेसी

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा आजका लागि पेसी तोकिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासमा आजका लागि १ नम्बर पेसीमा तोकिएको हो ।

मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न प्रमाण उपलब्ध गराउन भन्दै सर्वाेच्च अदालते गत फागुन २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश जारी गरेको थियो । आज सुनुवाइ भएमा सम्भवतस् अन्तिम सुनुवाइ सुरु हुनेछ । विशेष अदालतमा रहेका मुद्दामा धमाधम थुनछेक आदेश भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति