ओलीले बोलाए एमाले संसदीय दलको बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन् ।बैठक आज दिउंसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । बैठक तीन एजेण्डामाथि छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका हुन् । उनका अनुसार चालु संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, संघीय सांसदका संसद्हरूलाई विकास निर्माणका योजना पेश गर्ने भन्ने विषयमा ’आइडिया’ दिने र संसदीय दललाई एकढिक्का बनाउने अजेण्डामा छलफल हुनेछ ।

यसअघि एमालेको संसदीय दलको बैठक चैत ७ गते बालुवाटारमै बसेको थियो । उक्त बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सहभागी भएका थिएनन् । बालुवाटारमा बस्ने बैठकमा सहभागी नहुने उनीहरूले अडान छ ।

चैत ७ गते बसेको बैठकले संसदीय दलको विधान परिवर्तन गरी सांसदहरूलाई कारबाही गर्न सक्ने अधिकार दलका नेता एवं प्रधानमन्त्री ओलीलाई दिएको थियो । वरिष्ठ नेता नेपाल र उनका पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई सोधिएको स्ष्टीकरणको म्याद पूरा भइसकेको अबस्थामा आजको संसदीय दलको बैठकलाइृ विशेष चासोका साथ हेरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति