कोभिशील्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध

काठमाडौं । भारतले तत्काललाई कोरोना भ्याक्सिन निर्यात नगर्ने भएको छ । आफ्नै मुलुकमा संक्रमण बढ्न थालेपछि भारतले अक्फोर्ड–एस्ट्राजेनेकाबाट विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा प्रतिबन्ध लगाएको हो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले आफ्नै देशभित्र माग बढ्ने भन्दै खोप निर्यातमा रोक लगाइएको भारतको विदेश मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले यसलाई समयअनुसारको निर्णय भनेर प्रतिक्रिया दिएका छन् ।

भारतले खोप निर्यातमा रोक लगाएसंगै विश्वमा नै खोप वितरणमा समस्या पर्ने देखिएको छ । कोभ्याक्समार्फत गरिब तथा विपन्न देशमा पुर्याइने खोप अभियान प्रभावित हुनेछन् । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा भइरहेको कोभ्याक्स योजनाले सबै देशमा खोपको सुनिश्चितता गर्ने उदेश्य राखेको छ । तर, खोप निर्यातमा रोक लागेसंगै कोभ्याक्सको योजनामा परेका १९० देशमा खोप पुर्याउन कठिनाइ हुनेछ । भारतले अहिलेसम्म ७६ देशमा झण्डै ६ करोड डोज खोप पठाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board