भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो

काठमाडौँ- भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १९७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार २०० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहा ४० हजार ६११ जनामा संक्रमण भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ४७ हजार ७१ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board