पोखरा । पोखरास्थित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका ६३ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखराको लामाचौरस्थित क्याम्पसको होस्टलमा बस्ने ६३ विद्यार्थीलाई कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सूरुमा एकजनामा संक्रमण देखिएपछि पटक पटक गरि परिक्षण गर्दा क्याम्पसमा अध्ययनरत ६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । होस्टेलमा रहेका ४५ जनामा कोरोना देखिएपछि थप ६ सय ३५ जनाको स्वाव परिक्षण गर्न लिईएकोमा ५ सय ५० को परिक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको हो ।
पहिलो चरणमा कोरोना संक्रमण देखिएका ४० जना मध्य ३६ जना क्याम्पसमै र चारजना होम आइसोलेसनमा राखिएको छ । क्याम्पसले शैक्षिक करिकुलम अनुसार पूर्वी तराईका जिल्लाहरुमा भ्रमणमा लगेको र त्यसैबाट संक्रमण फैलिएको हुन सक्ने अनुमान छ । विद्यार्थीमा संक्रमण देखिएपछि स्नातक तहको सबै वर्षको परीक्षा स्थगित गरिएको छ ।
प्रतिक्रिया