कोरोनाको तेस्रो लहर : फ्रान्सको पेरिससहित १५ क्षेत्रमा एक महिने लकडाउन‍‍

काठमाडौं, ६ चैत । फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ ।फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रहरुमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो ।

अहिलेको लकडाउन अघिल्लो पटकको लकडाउनजत्तिकै कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताउनुभएको छ । लकडाउनका समयमा अतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्ने फ्रान्सको सरकारले जनाएको छ । यो समयमा मानिसहरु अतिआवश्यक परेमा १० किलोमिटरसम्मको दूरीमा आउजाउ गर्न पाइने तर एक ठाउँबाट अर्को ठाउँमा जान बन्देज गरिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।

समयमै खोप अभियान सञ्चालन नगरेकामा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ । समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको सङ्क्रमण सुरु भएको भन्दै सरकारको विरोध भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति